आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढ विमानास्थलको लगानी नयाँ किसिमले ल्याउने घोषणा

एपी खबर २०८१ जेष्ठ १५, मंगलबार ( ३ महिना अघि) १५८ पाठक संख्या

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगमी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष ९आव० २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने मन्त्री पुनले बजेटमार्फत घोषणा गरे । भरतपुर विमानस्थल आगामी आवभित्र सम्पन्न गर्ने बजेटमा घोषणा भएको छ ।

यसका लागि ३६ करोड विनियोजन गरेको उनले बताए । सुर्खेत, रोल्पा बढीचौर, दाङ टरीगाउँ, जुम्ला, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने घोषणा पनि गरेका छन् । नागरिक उड्डयनतर्फ ३ अर्ब ७७ करोड विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस