आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा सडक अनुसासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेना कार्यक्रम

एपी खबर २०८१ अषाढ ८, शुक्रबार ( २ महिना अघि) १११ पाठक संख्या

बाराको सिमरामा सडक अनुसासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेना कार्यक्रम सम्पन्न भएको छ । सिमरा ट्राफिक पोष्टको अगुवाईमा यो कार्यक्रम सम्पन्न भएको छ ।

बारा ट्राफिकले बिहिवारबाट शुरु गरेको ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत सिमरा पोष्टले सिमरामा यो कार्यक्रमको आयोजना गरेको हो । यस अभियान अन्तरगत सिमरा ट्राफिकले सिमरा स्थित रहेका विभिन्न विद्यालयहरुसंको सहकार्यमा शुक्रवार प्रभात फेरी कार्यक्रमको आयोजना गरेको सिमरा ट्राफिक पोष्टका प्रमुख कासिन्द्र यादबले बताउनुभयो ।

यस कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक चिरञ्जिवी दहाल, जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरिक्षक रामकुमार महतो, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगाएत सिमराका विभिन्न अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस