आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा प्रहरीद्वारा हाथीको दुईवटा दारासहित तीनजना मानिस पक्राउ

एपी खबर २०८१ अषाढ ८, शुक्रबार ( २ महिना अघि) २१२ पाठक संख्या

पर्सा प्रहरीले हाथीको दुईवटा दारासहित तीनजना मानिस पक्राउ गरेको छ। केही महिना अगाडिदेखि ठोरी गाउँपालिका वडा नम्बर ४ गोरखपुर टोलस्थित केही अपरिचित व्यक्तिहरूले हात्तीको दारा रहेको र त्यसलाई बेच्न खोजेको भने हल्ला आएपछि प्रहरीले डिभिजन वन कार्यालय पर्साको सहयोगमा अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले शुक्रवार २१/२१ किलो तौल बराबरको दुईवटा हात्तीको दारा र तीन जनालाई पक्राउ गर्न सफल भएको हो।

हात्तीको दारा गोप्य रूपमा लुकाई छिपाई बेचीविखन गर्न राखेको भनी सूचनाको आधारमा हामीले आफ्नो अनुसन्धान अगाडि बढाएको पर्साका प्रहरी नायब निरीक्षक दिपक भारतीले बताउनुभयो ।

 

शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गर्दै ठोरी गाउँपालिका वडा नम्बर ४ को गोरखपुर स्थित खेतमा खाल्डो खनी लुकाएको अवस्थामा राखिएको हाथीको दारा बरामद गरेको जनाएको छ।

प्रहरीले यस कार्यमा संलग्न रहेका तीनजना व्यक्तिलाई समेत पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नम्बर ४ विजय बस्ती गुम्बा लाइन बस्ने ४१ वर्षका कोइसन लामा, पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नम्बर ३१ बस्ने प्रेम शर्मा र पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नम्बर ३१ बस्ने अमेरिलाल महतो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस