बाराको जीतपुरसिमरा स्थित अमलेखगञ्जमा तीन दिने सहकारी व्यवस्थापन तालिम शुरु भएको छ ।
नगरका तीन सहकारीको संयुक्त आयोजनामा शुरु गरिएको तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरका नगर उप-प्रमुख भोला अधिकारीले सहकारीलाई नगरले उच्च प्राथमिकतामा राखेको भन्दै तालिममा सहभागीहरुलाई सफलताको शुभकामना दिएका छन् ।
यसैगरि कार्यक्रममा विशिष्ट अतिथि रहेका वडा नम्बर २१ का वडा अध्यक्ष सुभाष श्रेष्ठले सहकारी संस्थाहरुले नगरमा बितिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी दिनमा थप सबल बन्न आवस्यक रहेको जिकिर गरे ।
जीतपुरको श्री साझा सहकारी संस्था, सिमराको जनकल्याण मध्यवर्ती सहकारी र अमलेखगञ्जको अनमोल साकोसको संयुक्त आयोजनामा सहकारीका सवै संचालक समिति र कर्मचारीको सहभागीतामा तालिम शुरु गरिएको हो ।
साझा सहकारीका अध्यक्ष मुकुन्द बहादुर क्षेत्री, जनकल्याण मध्यवर्ती साकोस सिमराका अध्यक्ष कमला घिमिरे र अनमोल साकोस अमलेखगञ्जका अध्यक्ष बिनय साह, प्रशिक्षक धिरज कोइराला, पुष्पराज खतिवडा लगाएतले उद्घाटन कार्यक्रममा शुभकामना दिएका थिए । तालिममा तीन सहकारीका ४२ जना सञ्चालक र कर्मचारीको सहभागीता रहेको छ ।
तालिममा जोखिमयुक्त ऋण व्यवस्थापन , सहकारीका कानुनी जटिलता, बैठक व्यवस्तापन लगाएत सहकारी व्यवस्थापनका विभिन्न विषयमा प्रशिक्षण दिईने तालिम संयोजक कृष्ण सिग्देलले जानकारी दिए ।
तालिममा धिरज कोइराला, कुमार खत्री , सुदन चौधरी र पुष्पराज खतिवडाले प्रशिक्षण दिने सहकारीका व्यवस्थापक सुरेन्द्र भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस