आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

एपी खबर २०८१ अषाढ ३२, सोमबार ( १ महिना अघि) ९३ पाठक संख्या

भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो ।

 

भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

 

यस सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछिका चारै खेल भारतले जितेको थियो ।

 

यससँगै यस सिरिजको प्लेयर अफ द सिरिज भारतका वाशिंगटन सुन्दर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस