आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनचाँदीको मुल्य घट्यो

एपी खबर २०८१ श्रावण ३, बिहिबार ( १ महिना अघि) १५० पाठक संख्या

विहिबार नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

 

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस