आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरको सडक किनारमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न

एपी खबर २०८१ श्रावण ११, शुक्रबार ( १ महिना अघि) ४४८ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बृहत बृक्षारोपन कार्य शुरु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरलाई सफा र स्वच्छ बनाउन वडा अध्यक्षको अगुवाईमा यो कार्यक्रम शुरु भएको हो ।
बिहिवार एक कार्यक्रमका बिच औपचारिक रुपमा बृक्षारोपण शुरुवात गरिएको हो । वडाको चौतर्फी विकासलाई ध्यानमा राख्दै बृक्षारोपन कार्यलाईपनि अगाडी बढाएको वडा अध्यक्ष सुनिल गुप्ताले बताउनुभयो ।

करिब दुई सय ओटा बिरुवा लगाउने योजना रहेको गुप्ताले जानकारी दिनुभयो । जितपुरसिमरा औधोगीक करिडोर भएकाले यहाँको वातावरणलाई स्वच्छ र हराभारा बनाउन आफ्नो पहलमा यस कार्यक्रमको शुरुवात गरेको वडा अध्यक्ष गुप्ताको भनाई छ ।


क्वेस्ट फर्मास्युटिकल्स प्रा.ली. (औषधी उद्योग) को आर्थिक लगानिमा यो बृक्षा रोपन कार्यको शुरुवात गरिएको हो । करिब १० लाखको लागत हुनेगरी यस उद्योगले विरुवा संरक्षण गर्न फलामको घेरा (ट्रि गार्ड) लगाउने काम गरेको उद्योगका जि.एम सुरेन्द्र बतासले बताउनुभयो ।

उद्योगको समाजिक उतरदायीत्व अन्तरगत यो बृक्षारोपण शुरु गरिएको उहाँले जानकारी दिनुभयो । स्थानिय निर्वाचन हुनुभन्दा पहिलादेखि नै जितपुरको पाटिमा बृहत बृक्षारोपण गर्न आग्रह गर्दै आउनुभएका वर्तमान वडा अध्यक्ष गुप्ताकै विशेष पहलमा अहिले आएर काम गर्न सकिएको जि.एम बतासले जानकारी दिनुभयो ।

मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न यस बृहत बृक्षारोपण कार्यक्रममा जितपुर स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका विद्यार्थी सहित जितपुरका स्थानिय ब्यापारी, सुरक्षा निकाय, राजनितिक ब्यक्ति र वडा नम्बर ७ का जननिर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस