आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथा महिला साकोसको १६ औँ वार्षिक साधारण सम्पन्न ।

एपी खबर २०८१ भाद्र २७, बिहिबार ( १ महिना अघि) १२३ पाठक संख्या

जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले झोले सहकारीहरुलाई नियमन गर्न जितपुरसिमरा उपमहानगरपालिका अग्रसर रहेको बताउनुभएको छ । सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था जितपुरको १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीहरुको नियमन गर्न यो उपमहानगरपालिका सधै अग्रसर रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अधिकारीले नगरपालिकालाई बन्धक बनाएर एकलैटी रुपमा बजेट ल्याएको जानकारी गराउदै महिलाहरुको सिप विकासका लागि यस सहकारीलाई सहयोग गर्ने इच्छा हुदाँ हुदैपनि गर्न नसकेको बताउनुभयो ।

आफ्नो १६ औँ वार्षिक साधारण सभाको अवसरमा सहकारीले बचत तथा ऋण कारोबार तर्फ उत्कृष्ट कारोबार गर्ने सदस्यहरु सम्मान गरेको थियो भने अतिथीहरुलाई मायाको चिनोबाट सम्मान गरेको थियो ।

सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिला शर्माको सभाअध्यक्षतामा सम्पन्न साधारणसभामा जितपुरसिमरा उपमहानगरपालिकाका न्यायपालिका सदस्य एवम वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष सिता उप्रेती, वडा सदस्य नुरुल्लाह अंसारी, ललिता पासवान, राष्ट्रिय सहकारी बैँक सिमराका प्रमुख चन्द्रमणी भट्टराई, बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, संस्थाका लेखा परिक्षक बिजयराज शर्मा लगाएतका अतिथीहरुको उपस्थिती रहेको थियो । भने कायक्रमलाई देवि सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस