आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

एपी खबर २०८१ भाद्र ३०, आईतबार ( ३ दिन अघि) ६३ पाठक संख्या

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

 

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ ।

 

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस