आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हामी सरकारमा जानु नै गल्ती थियो : रवि लामिछाने

एपी खबर २०८१ आश्विन १, मंगलबार ( २ दिन अघि) ५६ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानु गल्ती भएको स्वीकार गरेका छन् ।

 

पहिलो राष्ट्रिय भेलाको उद्घाटनमा बोल्दै सभापति लामिछानेले सरकारमा जानु गल्ती रहेको बताए ।

उनले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाए ।

सभापति लामिछानेले दुई तिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान समेत गरे ।

 

उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे ।

 

उनले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्विकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस