आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पत्रकार भण्डारीलाई घण्टीमाई सहकारी पत्रकारिता सम्मान

एपी खबर २०८१ आश्विन ५, शनिबार ( ३ हप्ता अघि) ८९ पाठक संख्या

बाराका पत्रकार दिवाकर भण्डारी घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानित भएका छन् । घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १२औं वार्षिक साधारणसभा समारोहमा पत्रकार भण्डारी सम्मानित भएका हुन् ।

 

जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई सहकारीले पाँच हजार नगद राशीसहित यो वर्षको सहकारी पत्रकारिता सम्मान पत्रकार भण्डारीलाई प्रदान गरेको हो । अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिक संचालक सदस्य मिनराज कंडेल, संस्थाकी अध्यक्ष कोपिला सिंखडा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरीलगायतले पत्रकार भण्डारीलाई सम्मान गरेका थिए ।

 

पत्रकारिताको माध्यमबाट सहकारी र सामाजिक क्षेत्रमा रचनात्मक ढंगले योगदान पुर्याएको उल्लेख गर्दै घण्टीमाईले पत्रकार भण्डारीलाई सम्मान गरेको हो । भण्डारी यसअघि हातेमालो सहकारी पत्रकारिता सम्मान, साना किसान सहकारी पत्रकारिता सम्मान, सिमरा महिला सहकारी पत्रकारिता सम्मानबाट सम्मानित भईसकेका छन् । औराहस्थित देवाश्रम परिसरमा आयोजित साधारण सभामा संस्थाले जेष्ठ शेयर सदस्य, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणीलगायतलाई सम्मान गरेको थियो ।

 

साधारणसभाको उद्घाटन सत्रमा पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । संस्थाकी अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोक बिक्रम शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस