आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२४ दिनदेखि निरन्तर अनसनमा रहेका मालती गिरी दम्पतीले न्याय पाउनुपर्ने भन्दै जितपुरबासिद्धारा शान्तिपुर्ण ¥याली

एपी खबर २०८१ आश्विन ५, शनिबार ( ३ हप्ता अघि) १८१ पाठक संख्या

बाराको जितपुरमा शान्तिपुर्ण ¥याली निकालिएको छ । २४ दिनदेखि निरन्तर अनसनमा रहेका मालती गिरी दम्पतीले न्याय पाउनुपर्ने भन्दै जितपुरबासिले शनिवार शान्तिपुर्ण ¥याली निकालेका हुन् ।

 

मालती गिरीका श्रीमान बिनोद गिरीलाई उनका बुवा स्व. फकिरा गिरीका छोराहरु मध्ये राजुराज गिरीको अग्रसरतामा अशं नदिएको भन्दै बिगत २४ दिनदेखि अनसन बसेका मालतीका परिवारको समर्थनमा जितपुरबासिले ¥याली निकालेको हो ।

 

२४ दिन देखि अनसन बसेका परिवारलाई न्याय दिन पहल नगरेको र अनसनमा बसेका गिरी दम्पतीको स्वास्थ्य अवस्था नाजुक हुदैँ गएकाले सम्बन्धित निकायलाई दबाब दिन यो ¥याली निकालीएको जितपुरका स्थानीय रिकुं सिहंले बताउनुभयो ।

 

अनसनमा बसेका बिनोद गिरीको मुटुमा समस्या देखा परेपछि उनको हेटौडाको सञ्चो अस्पतालमा उपचार भैरहेको छ भने मालती गिरीको स्वास्थ्य अवस्था बिग्रदै गएको निजका छोरा बिधानराज गिरीले जानकारी दिए ।

 

अनसनको समर्थनमा निकालिएको ¥याली अनसन स्थलबाट जितपुर नगरको परिक्रममा गरी टेढा रोड चोकमा आएर कोण सभा सहित सम्पन्न भएको थियो भने मालती गिरीका समर्थकहरुले शनिवार १५ मिनेट विरगंज पथलैया सडक खण्डपनि स्थानियहरुले अवरुध पारेका थिए ।

प्रतिक्रिया दिनुहोस