आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

एपी खबर २०८१ आश्विन १३, आईतबार ( २ हप्ता अघि) ६० पाठक संख्या

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ ।

 

आइतबार समितिले विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले विश्वका महत्वपूर्ण देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ । जसअनुसार काठमाडौंमा असोज २६ गते परेको विजया दशमीमा टीका लगाउने साइत बिहान ११ः३६ बजेलाई उत्तम ठानेको छ ।

 

दिल्ली, भारतमा अक्टुबर १२ विहान ११ः४२ मा छ, अमेरिकाकाको न्यूयोर्कमा अक्टुबर १२ मा १०ः०१, केन्टुकीमा १०ः४५, टेक्सामा १०ः०५, वासिङ्गटनमा ९ः५५, क्यानडा टोरन्टोमा १०ः१५,भ्यानकुभरमा १०ः१७ र जापान टोकियोमा अक्टुबर १३ ११ः३५ बजे रहेको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस