आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा बृहत कलशयात्रा निकालियो, नवरात्र पुजा सुरु

एपी खबर २०८१ आश्विन १७, बिहिबार ( १ हप्ता अघि) ९१ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा बिहिवार बृहत कलशयात्रा निकालिएको छ । जीतपुरको शन्तिटोल पुजा पण्डालबाट निकालिएको कलशयात्रा केराढोका गई केराढोका दुर्गा पुजा पण्डालका भक्तहरुलाई कलशयात्रामा सहभागि गराउदै दुधौरा खोलामा गई भक्तहरु जल लिएर पुनः पुजा पण्डालमा गएका थिए ।

 

दुधौरा खोलाबाट ल्याइएको शुद्ध जल माता दुर्गाको बेदिमा राखि बिद्धिवतरुपमा पुजाको शुभारम्भ गरिएको छ । बिहिवार नवरात्रको पहिलो दिन शैलपुत्री माताको पुजा गरि दुर्गा माताको पाठ गरिन्छ । विषेश गरि शैलपुत्री मातालाई शुद्ध घ्यु चढाइन्छ ।

 

मातालाई चढाइएको घ्युलाई प्रसाद स्वरुप सेवन गर्नाले आरोग्य भैने र जिवनमा आउने कठिन समय पनि समान्य हुने गरेको बताईन्छ । बिहिवार देखी सुरु भएको नवरात्र पुजा ९ दिन सम्म चल्ने छ । नवरात्रको समयमा माताको मन्दिरहरुमा भक्तहरुको निकै भिड हुने गर्दछ । विषेश गरि मधेशमा नवरात्रलाई विषेश तरिकाले बनाइन्छ । ९ दिन सम्म वर्त बसेर बनाइने यो पुजा हिन्दुहरुको महान पर्व मध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस