आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

एपी खबर २०८१ आश्विन १९, शनिबार ( १ हप्ता अघि) ८९ पाठक संख्या

मधेश प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्रि जनार्दन सिंह क्षेत्रीले सहकारी ठगी गर्ने जो कोहिलाई पनि कानुनको दायरामा ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारी ठगी गर्नैलाई कानुनको दायरामा ल्याउने बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका क्षेत्रीले मधेश प्रदेशको उत्कृष्ट सहकारी मध्ये एक हातेमालो सहकारी रहेको र यस सहकारीको अन्य सहकारीले अनुकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले हातेमाले सहकारीले सदस्यको आर्थिक विकासमा खेलेको भुमिकाको मुक्तकण्डले प्रसशां गर्नुभयो ।

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, संस्थाका उपाध्यक्ष सन्जय साह, समाजेवी मुकुन्द बहादुर क्षेत्री, समाजसेवी कृष्णव्रत सिंह लगाएतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस