दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ ।
उनको फिल्म ‘पुष्पा–२’ रिलिज हुनुभन्दा एकदिन अघि गरिएको प्रिमियरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरु अग्रिम टिकट काटेर चलचित्र हेर्न आएका थिए ।
रिपोर्टका अनुसार अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानहरूमा भागदौड मच्चिएको थियो ।
यस भागदौडको क्रममा त्यहाँ एक महिलाको मृत्यु भएको थियो । पछि अल्लुसहित धेरै व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
सोहीआधारमा अल्लुलाई पक्राउ गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस