आज:  २०८२ बैशाख १६, मंगलबार | Tue, 29, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जनकल्याण सहकारी जितपुरको शिविरमा ३ सय २५ जनाद्धारा आखाँ र दाँतको परिक्षण

एपी खबर २०८१ फागुन ४, आईतबार ( २ महिना अघि) ८८ पाठक संख्या

जितपुरमा आयोजित निशुल्क आखाँ तथा दाँत परिक्षण शिविरमा ३ सय २५ जनाले आँखा तथा दाँत परिक्षण गराएका छन् । जनकल्याण बुहउद्धेश्य सहकारी सस्था लि.जितपुरको आयोजना तथा ओम शान्ति दाँत तथा आखाँ हस्पिटलको सहकार्यमा यो शिविर सम्पन्न भएको हो ।

 

शिविरमा ४८ जनामा मोतिया बिन्दुको विरामी भेटिएको संस्थाका प्रबन्धक संतोष यादबले जानकारी दिनुभयो । सहकारीले प्रत्येक वर्ष आफ्नो समाजिक उतरदायीत्व अन्तरगत यस्ता कार्यक्रम गर्दै आएको समेत यादबले जानकारी दिनुभयो ।

गणेश साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश बारा निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।

 

सहकारीको जेष्ठ नागरीकद्धारा आखाँ चेकजाँच गरेर शिविरको उद्घाटन गरिएको थियो । कार्यक्रममा आत्माराम अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस