नेपाल बैंक लिमिटेडका कर्मचारी र खातावालले वात्सल्य नेचुरल आईभीएफमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना कर्मचारी र खातावाललाई वात्सल्य नेचुरल आईभीएफका विभिन्न स्थानमा रहेका अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा १५ हजारसम्म छुट दिने सम्झौता गरिएको जनाएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र वात्सल्य नेचुरल आईभीएफका डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूलाई प्याथोलोजी र औषधि सेवामा ५ देखि १५ प्रतिशतसम्म र आईभीएफ प्याकेजमा कर्मचारीहरूलाई १५ हजार र नेपाल बैंकका ग्राहकहरूलाई १० हजार रुपैयाँसम्म छुट हुनेछ ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र वात्सल्य नेचुरल आईभीएफका डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरेका छन्
र्नुभयो ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमाखाता रहेका ग्राहकहरूलेकाठमाडौं स्थित नक्साल,भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थितवात्सल्य नेचुरल आई। भि। एफप्रा।लि।काअस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वितहुन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस