आज:  २०८१ चैत्र ८, शनिबार | Sat, 22, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराजालाई निधिको चेतावनी– सीमा पार नगर्नू, आवश्यक परे जे पनि गर्न तयार छौँ

एपी खबर २०८१ चैत्र ५, बुधबार ( २ दिन अघि) ८५ पाठक संख्या

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले जनताले राजतन्त्र नचाहेको जिकिर गरे । उनले जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए ।

 

“कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन । कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन,” उनले भने, “जनताले चाहेको छैन, रुचाउँदैन । त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस् ।”

 

उनले देशी–विदेशी साधुसन्तले भनेजस्तो राजतन्त्र आउँछ भन्ने नसोच्न चेतावनी दिए । “देशी–विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,” उनले भने, “स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो । हामीलाई रोक्न पनि खोजिएको थियो । हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ ।”

 

उनले नेपालको अन्तिम राजा ज्ञानेन्द शाह भएको बताए । संविधान बनाउने बेलामा निर्णय स्वीकार गरेको भन्दै उनले उनको प्रशंसा पनि गरे ।

 

उनले जनताले सम्मान दिएको भन्दै सीमा पार नगर्न चेतावनी दिए । “इतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको,” उनले भने, “नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ । त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस