आज:  २०८१ चैत्र ९, आईतबार | Sun, 23, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल भर्सेस् सिंगापुर : स्तर नाप्ने अवसर

एपी खबर २०८१ चैत्र ७, शुक्रबार ( २ दिन अघि) ५४ पाठक संख्या

झण्डै पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । सन् २०२७ को एएफसी एसियन कपको लागि अन्तिम चरणको छनोट खेल्नुअघि नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्न लागेका हुन् ।

 

दुवै टिमले यो मैत्रीपूर्ण खेललाई चार दिन पछि हुने एसियन कप छनोटको तयारीको रुपमा लिएका छन् । एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले आफ्नो पहिलो खेल मार्च २५ मा मलेसिया विरुद्ध खेल्नेछ । सोही दिन समूह सी मा रहेको सिंगापुरले हङकङसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

 

त्यसअघिको यो मैत्रीपूर्ण खेल दुवै टिमका लागि स्तर नाप्ने अवसर हुनेछ । ‘एसिया कप छनोटको ठीक अगाडि यो खेल उपयुक्त अवसरका रूपमा आएको छ । टिममा भएको समस्या र त्यसको समाधान कसरी गर्न सकिनेछ, यो सबै यही खेलबाट थाहा हुनेछ’ नेपालका मुख्य प्रशिक्षक म्याट रोसले भनेका छन् ।

 

म्याट रोस प्रशिक्षक नियुक्त भएपछि नेपालले करिब दुई साताको ट्रेनिङ क्याम्पपछि सिंगापुर गएको हो । नेपालले करिब साढे चार महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

 

पछिल्लो पटक ताजिकिस्तान भ्रमणमा हुँदा मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २(० ले पराजित गरेको थियो । त्यसअघि ताजिकिस्तानसँग भने नेपाल ४/० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस