आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा असिना(पानीले किसानको बालीमा क्षति

एपी खबर २०८१ चैत्र ८, शनिबार ( ३ दिन अघि) ६७ पाठक संख्या

रौतहटको बृन्दावन, चन्द्रपुर, गढीमाई लगायतका नगरपालिकामा शनिबार बिहान परेको हावाहुरी, असिनापानीले मकै, गहुँ, तरकारी, फलफूल लगायत बालीमा क्षति पुगेको छ ।

 

बिहान २ बजेतिर चलेको हावाहुरीसहितको असिनापानीले किसानका बालीमा क्षति पुगेको हो । मकै, गहुँ, ढलेका छन् भने पाकिसकेको गहुँमा बढी क्षति पुगेको वृन्दावनका किशान जोगेन्द्र साहले बताए । ‘केही दिनमा गहुँ भित्र्याउने तयारीमा थियौं । असिनाले पूरै क्षति पुगेको छ,’ उनले भने । आफ्नो १० कट्ठामा लगाएको गहुँबालीमा क्षति पुगेको उनले बताए ।

 

क्षतिको विवरण र क्षतिपूर्तिका लागि सांसद देवप्रसाद तिमल्सिना, युवराज भट्टराई र पूर्वसांसद कल्याणी खड्काले सरकारसँग माग राखेका छन् । अहिलेसम्म कुन पालिकामा कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरीका डीएसपी दीपककुमार रायले बताए । कृषि ज्ञान केन्द्र गौरले पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस