बाराको सिमरामा शिक्षक र अभिभावकहरु बिच एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार श्री साथी नेपालको आयोजनामा शैक्षिक सुधारमा शिक्षक, अभिभावकको भूमिका विषयक अभिभावक र शिक्षकहरु बिच एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
बाराका विभिन्न विद्यालयमा भौतिक तथा शैक्षिक क्षेत्रमा योगदान गर्दै आएका साथी नेपालको आयोजना अन्तरकृया कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष सरिता सापकोटाले जानकारी दिनुभयो ।
यस संस्थाले बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत रहेको ३ ओटा विद्यालयमा भौतिक संरचना तैयार गरीरहेको छ । भौतिक संरचना निर्माणसंगै शैक्षिक क्षेत्रलाई सुधार गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरीएको हो ।
अन्तरकृया कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २, १५ र १६ नम्बरका विद्यालयहरुबाट अभिभावक, विद्यालय ब्यवस्थापन समिति र शिक्षकहरुको उपस्थिती रहेको थियो ।
विद्यालयमा शिक्षक, अभिभावक र विद्यालय बिच तिन पक्षीय समान्यबाट मात्रै शैक्षिक सुधार गर्न सक्ने निचोड प्रक्षिकहरुको थियो । कार्यक्रममा मानव अधिकार एलाईन्स प्रदेश अध्यक्ष अनिल तिवारी, टागींया विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश सापकोटा, प्रध्यापक अर्पणराज पराजुली, सरोज कोईराला, जितपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख शिवजी साह लगाएतले उपस्थित सबैलाई प्रशीक्षण दिनुभएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका पुर्व प्रदेश सभा सदस्य सुन्दर विक, जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, १५का वडा अध्यक्ष चतुरबाबु वाग्ले लगाएको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस