आज:  २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षकहरूको मागलाई गम्भीरतापूर्वक सुन्ने, बुझ्ने र समाधान गर्ने प्रयास गरियोस् स् अध्यक्ष श्रेष्ठ

एपी खबर २०८१ चैत्र २५, मंगलबार ( १ महिना अघि) ९० पाठक संख्या

नागरिक उन्मुक्ति पार्टी ९नाउपा० की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले शिक्षकहरूको मागलाई गम्भीरतापूर्वक सुन्ने, बुझ्ने र समाधान गर्ने प्रयास गरिनुपर्ने बताएकी छन्।

 

ुसरकारलाई मेरो स्पष्ट आग्रह छ( शिक्षकसँग संवाद गरियोस्। मागहरूलाई गम्भीरतापूर्वक सुन्ने, बुझ्ने र समाधान गर्ने प्रयास गरियोस्। आन्दोलनको वातावरणभन्दा वार्ता र सहमतिमा आधारित समाधान नै राष्ट्रको हितमा हुन्छ,ु अध्यक्ष श्रेष्ठ शिक्षक आन्दोलनबारे धारणा सार्वजनिक गर्दै भनेकी छन्।

 

शिक्षकहरूको मागलाई राजनीतिक चश्माले नभइ दूरदर्शी र नीतिगत दृष्टिकोणबाट हेर्नु आवश्यक रहेको पनि बताएकी छन्।

 

ुशिक्षकहरूको मागलाई राजनीतिक चश्माले हैन, दूरदर्शी र नीतिगत दृष्टिकोणबाट हेर्नु आवश्यक छ। शिक्षकहरूको स्थायित्व, पेशागत अधिकार, सरुवा प्रक्रिया, सेवा सुरक्षालगायतका विषयमा स्पष्ट र न्यायपूर्ण व्यवस्था आवश्यक छ,ु उनले भनेकी छन्।

 

यस्तै शिक्षकहरूलाई पनि शान्तिपूर्ण ढङ्गले आफ्ना मागहरू अगाडि राख्न उनले भनेकी छन्।

 

ुआन्दोलनरत शिक्षक साथीहरूलाई पनि म सम्मानपूर्वक अनुरोध गर्न चाहन्छु( शान्तिपूर्ण ढङ्गले, गरिमामय व्यवहारका साथ, आफ्ना मागहरू अगाडि राख्न सहयोग गरिदिनुहोस्। हामी सबैको साझा चाहना भनेकै शिक्षाको गुणस्तर वृद्धि र शिक्षकको सम्मान हो,ु उनले भनेकी छन्।

 

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक( २०८० प्रतिनिधि सभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गत चैत २० गतेयता काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस