आज:  २०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुदीपको शव नेपाल पठाइयो, राति सुनौली हुँदै बुटवल आइपुग्ने

एपी खबर २०८२ बैशाख १०, बुधबार ( १ हप्ता अघि) ६७ पाठक संख्या

भारतको जम्मु कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाइएको छ । शवको पोस्टमार्टम सकेर शव नेपाल पठाइएको हो ।

 

नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले न्यौपानेको शव नेपाल पठाइएको जानकारी दिएको हो । स्रोतले बाह्रखरीसँग भन्यो,“आज बडी श्रीनगरबाट उडिसक्यो, राति सुनौली हुँदै नेपाल पुग्छ ।”

 

सुदीपको शवसँगै उनीसँगै साथमा गएका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको छ । आक्रमणमा परेर रिमकला घाइते छिन् ।

 

सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मु कश्मीर घुम्न गएका थिए । आतंकवादीले मंगलबार जम्मु कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

 

नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाएको हो । सुदीपको घर बुटवल उपमहानगरपालिका–१४ भएका कारण उनको शव नयाँ दिल्लीबाट गोरखपुर हुँदै बुटवल पठाउन लागेको स्रोतले बतायो ।

 

परराष्ट्रमन्त्री डा‍ आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग उनको शव आजै ल्याउन पहल गरेकी थिइन् । मन्त्री डा। राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा। शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन् ।

 

आज साँझ ५ बजे श्रीनगरबाट नयाँदिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौ हवाई जहाजमा तथा लखनौबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो ।

 

दिल्लीबाट लखनौको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुईजना कर्मचारी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस