आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जितपुरमा यात्रु सहयाता कक्ष संचालन

एपी खबर २०८१ आश्विन १७, बिहिबार ( १ हप्ता अघि) ११८ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा बिहिवारबाट यात्रु सहयाता कक्ष संचालनमा आएको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर यो सहयाता कक्ष संचालनमा आएको हो ।

 

दशैँ, तिहार र छठ पर्वको समयमा यातायात ब्यवसायहरुले यात्रुलाई मनपरि भाडा उठाउने लगाएत यस समयमा बजारमा बढ्दो ट्राफिकलाई ब्यवस्थापन गर्न यस सहयाता पक्षको स्थापन गरिएको अस्थायी ट्राफिक पोष्ट जितपुरका प्रहरी हवलदार तेजकुमार मिश्रले जानकारी दिनुभयो ।

 

ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरिक्षक मोहनारायण रायको नेतृत्वका शुरु गरिएको सहयाता कक्ष संचालन कार्यक्रममा जितपुरका युवा नेता अफताब आलम, यातायात संघका अमित वर्मा लगाएतको उपस्थिती रहेको थियो । यस सहयाता कक्षलाई छठ पर्वसम्म संचालन गर्ने मिश्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस