पर्सामा आइतबारबाट नेपाली सेना परिचालन गरिएको छ । निषेधाज्ञामा थप कडाइ गर्न जील्ला प्रशासन कार्यालय पर्साले नेपाली सेनलाई समेत परिचालन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिनुभयो ।
‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरीएको हो । पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ ।
तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पसल खोल्ने र मानिसहरुको चहलपहल देखिने गरेको छ ।
जिल्ला सुरक्षा समितिले समुदायमा फैलिएको संक्रमणलाई थप फैलिन नदिन निषेधात्रामा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको निश्कर्ष निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस