ब्राहमण समाजद्धारा पुरोहितको घरघरमा गएर गरिने पुजापाठ बन्द गरिएको छ । बाराको महागढी नगरपालिकाको नेपाल ब्राह्मण समाजका संयोजक बेदानन्द शुक्लाले सोमबार एक बिज्ञप्ती जारी गर्दै यस महामारीको समयमा सम्पुर्ण पुजापाठ बन्द गरीएको जानकारी दिनुभयो ।
सर्वसधारणमा बढ्दै गईरहेको कोरोना महामारीको प्रकोपबाट आफु बाहुनहरुका साथै गाउँ समाजका अन्य यजमानहरुलाई सुरक्षीत राख्न महामारी निष्कृय नभएसम्म पुजापाठ बन्द गरिएको जानकारी दिनुभयो ।
यसबर्षको तीज तथा ऋषी पञ्चमी पुजासमेत समाज तथा घरघरमा बाहुनहरुले नगरिने ब्रह्मण समाजद्वारा जनाइएको छ । यसबर्ष यजमानहरुले आफै घरमा भगवानको प्रतिक फोटो, कुश वा कलशमा पुजा गरेर आत्मालाई शान्ति दिने समाजका संयोजक शुक्लाले सबै बर्गमा अनुरोध गर्नुभएको छ ।
तीज भदौ ५ गते शुक्रबार तथा ऋषि पञ्चमी भदौ ७ गते आईतबार मनाउने भएको छ । विश्व महामारीबाट बाँच्न कुनै पनि ठाउँमा सभा, भेला, गोष्ठी तथा सामुहिक भेला हुन नदिन जिल्ला प्रशासन कार्यालय बाराले अनिश्चित कालका लागि गरेका निषेधज्ञा पाल्ना गर्न कसैको घरमा गएर पुजा गर्न वा गराउन नहुने महागढीमाई नगरपालिकाका सबै ब्रह्मण समाजमा बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस