आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा २३ भलुहीमा ३० बेडको आइसोलशन निर्माण हुदैँ, दुई दिनमा तैयार हुने ।

प्रिती कुमारी, जीतपुर २०७७ भाद्र २, मंगलबार ( ४ साल अघि) ९३६ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीले ३० बेडको आइसोलेशन सेन्टर निर्माण कार्य शुरु गरेको छ । पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै यस वडाले ३० बेडको आइसोलेशन निर्माण गर्न लागेको हो ।

 

वडा नम्बर २३ मा पछिलो पटक एकै दिन ५ जना र त्यस भन्दा पहिलो ४ जना संक्रमित भएको पाइएपछि संक्रमितको सचित ब्यवस्थापनमा समस्या आउन नदिन यस वडाले आफ्नै क्षेत्र भित्र ३० बेडको आइसोलेशन सेन्टर निर्माण गर्न लागेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो ।

 

वडा नम्बर २३ मा रहेको ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलशनमा, दुई जना म्यागनेश फर्मामा, बाकिँ ५ जना होम आइसोलेशनमा रहेको देवानले जानकारी दिनुभयो ।

 

उहाँले होम आइसोलशनमा रहेकाहरुलाई सुबिधाको आभारमा दुई दिन भित्र वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडी बढाएको समेत जानकारी दिनुभएको छ । यस सेन्टरमा दुई जना स्थानिय डाक्टर समेत स्वयम सेवकको रुपमा रहने गरी कोरोना संक्रमण रोक्न बनाइएको समिति, स्थानिय र जनप्रतिनिधीको सहयोगमा यो कार्य हुन लागेको समेत अध्यक्ष देवानले जानकारी दिनुभयो ।

 

कलैयामा रहेको आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुको ब्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राख्दै आफ्नो वडालाई सकेसम्म स्तरीय बनाउने प्रयास गरेको वडा अध्यक्ष देवानको भनाइ छ । उहाँले घर नजिकै भएको खण्डमा पारिवारि सहयोग समेत प्राप्त हुने र आत्मबल बलियो हुने भएपछि रोगसंग लड्ने क्षमताको विकास हुने भएकोले आफुले तत्कालै आईसोलेशनको निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस