आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घण्टीमाई बचत तथा ऋण सहकारी संस्था औराहा द्वारा एकै दिन ४ गाँउमा घरदैलो कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७७ आश्विन २२, बिहिबार ( ४ साल अघि) ६३५ पाठक संख्या

घण्टीमाई बचत तथा ऋण सहकारी संस्था औराहाद्वारा वार्षीक साधारण सभाका लागी ४ गाँउमा घरदैलो कार्यक्रम गरेको छ । संचालक समितीले गठन गरेको विभिन्न उपसमितीहरुले बिहिबार ३६० जनाभन्दा बढी संस्थामा आबद्ध सेयर सदस्यहरुलाई प्रतीवेदन बुझाएको छ ।

 

कोरोना महामारीका कारण एकै स्थानमा धेरै ब्यत्तीहरु भेला हुन नपाईने सरकारी निती अनुरुप सदस्यहरुको घर घरमै पुगी राय सल्लाह सुझाव संकलन गरीएको संस्थाकी अध्यक्ष कोपिला सिंखडाले बताउनु भएको छ । आगामी कार्तीक १ गते हुन गईरहेको साधारण सभामा न्युनतम सेयर सदस्यहरुलाई सहभागी गराई प्राप्त सल्लाह सुझाव अनुरुप नै साधारण सभा सम्पन्न गरीने अध्यक्ष सिंखडाको भनाई छ ।

 

साधारण सभा सम्पन्न गर्नका लागी राय सल्लाह संकलन गर्दा सेयर सदस्यहरुबाट विभिन्न जीज्ञासासहित गुनासाहरुपनि समेटेको संस्थाकि अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो । ती गुनासा तथा जीज्ञासालाई समेटेर नै साधारण सभा सम्पन्न गरीने सदस्यहरुलाई प्रतीबद्धता जनाएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस