आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिल्लामै पहिलो पटक नगरवासीको विधुत महसुल तिर्ने फतुवा विजयपुर नगरपालिकाको निर्णय

एपी खबर २०७७ कार्तिक १, शनिबार ( ४ साल अघि) ५८० पाठक संख्या

ओम प्रकाश यादव, रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले जिल्लामै पहिलो पटक नगरवासीको विधुत महसुल तिर्ने व्यवस्था गरेको छ ।
आज सम्पन्न गरेको आफना चौथो नगरसभाले फतुवा विजयपुर नगरपालिकाले नगर भित्रका सम्पुर्ण उपभोक्ताको विधुत महसुल तिर्ने निर्णय पारित गरेको छ ।

 

जिल्लामा रहेको १८ स्थानीय तहमध्ये अहिलेसम्म कसैले पनि सर्वसाधारण जनताको विधुत महसुल तिर्ने निर्णय गर्न नसकेको अवस्थामा फतुवा विजयपुर नगरपालिकाले पहिलो पटक सर्वसाधारणको विधुत महसुल तिर्ने निर्णय गरेको हो ।
नगरपालिकाको आज चौथो नगरसभा सम्पन्न भएको छ । आफना चौथो नगरसभाद्धारा नगरपालिकाले नगरको समग्र विकासका लागि ५४ करोडभन्दा बढी बजेट पारित गरेको छ ।

 

नगरसभाले यस चालु आर्थिक वर्षको लागि निर्धारण गरेको आफना निती तथा कार्यक्रममा नै यस वर्षदेखी नगरका सम्पुर्ण जनताको विधुत महसुल नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरेको छ ।
आम नागरिकको विधुत महसुल तिर्नको लागि नगरपालिकाले ७० लाख भन्दा बढी बजेट विनियोजन गरेको छ ।
धेरै गरिवले गरिविका कारण ४ वर्षसम्मको विजुली महसुल अझै तिर्न नसकेको तथा विपन्न वर्गलाई विधुत महसुल तिर्न समस्या हुँदै आएकोले गरिव देखी लिएर धनीसम्मको विधुत महसुल अब नगरपालिकाले नै तिर्ने व्यवस्था गरेको मेयर गोपाल यादवले बताए ।

 

यस वर्षदेखी आफु मेयर रहेसम्म कसैलाइ पनि विधुत महसुल तिर्न नपर्ने र सो महसुल नगरपालिकाले नै तिरिदिने मेयर गोपाल यादवले बताएका छन ।,
यस वर्षको निती तथा कार्यक्रममा नगरको विभिन्न ठाउँमा भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य , कृषि लगाएत कार्यलाई विशेष प्राथमिकता दिएको मेयर यादवले बताउनुभयो ।,

 

जनताको विधुत महसुल तिर्ने निर्णय फतुवा विजयपुर नगरपालिकाको निकै सराहनीय रहेको भन्दै नगरवासी नगरपालिकालाई धन्यवाद दिएका छन ।

नगरपालिकाले जनताको विधुत महसुल तिर्ने निर्णय गरेपछि फतुवा विजयपुर नगरवासी निकै खुसी हुँदै मेयर गोपाल यादव र उपमेयर कान्तिदेवी महतोलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस