रौतहट जिल्लामा रहेको सिमा नाका खुलाउनु पर्ने माग गर्दै सदरमुकाम गौरमा बिरोध गरेका छन् । गत ८ महिना देखी बन्द नेपाल भारत बोर्डर खुल्लाउनु पर्ने मागसहित शुक्रबार रौतहटको गौरमा नागरिक समाजको अगुवाईमा गौरको बि पि चौक देखि बोर्डर सम्म थाल पिटदै जुलुश निकालेका थिए ।
लामो समयसम्म सिमानाका बन्द रहेकोले असहज परिस्थिति आएको भन्दै सिमा नाका खुलाउन माग गरेका हुन्। नाका बन्द गरे पनि अपराधिक तथा अबैध काम गर्नेहरु विभिन्न चोर नाकाहरुबाट आवतजावत भइरहेको तर सर्वसाधरण नागरिकहरु आवतजावत गर्ने नाका बन्द गर्नु उपयुक्त नहुने गौरका नागरिक समाजको भनाइ छ ।
गौरका स्थानियहरुले दैनिक उपभोग्य सामग्रीहरु भारतीय बजारबाट ल्याउने गरेकोमा नाका बन्द भएपछि लामो समयसम्म भारतीय बजारमा जान नपउदा आवश्यक सामग्री खरिद समेत गर्न नपाएका उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस