साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराको छैठौ वार्षिक सधारण सभा सम्पन्न भएको छ । प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्माको प्रमुख आतीत्यथामा सम्पन्न कार्यक्रममा संस्थाको आय–ब्यय तथा प्रगती विवरण सार्वजनिक गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतीथी विश्वकर्माले सहकारी ऐन प्रदेश सभाको समितीमा केहिदिन अघि मात्रै पेश भएको र अबको केहि दिनमै दफावार छलफल हुने बताउनुभयो । सहकारीको प्रगतीका लागी आफु सधै सकारात्मक रहेको र आगामी दिनमा सरोकारवाला हरुसंग अन्तरक्रिया गरी कार्य अघि बढाउने प्रतीबद्धता ब्यक्त गर्नु भयो ।
वि.स. २०७३ सालमा ४२ जना सदस्यहरुबाट दर्ता भएको सो संस्था कारणवश रोकिएपनि वि.स. २०७६ पौशबाट भने नियमित रुपमा संचालन भईरहेको छ । संस्थामा हाल ७२५ सेयर सदस्यहरु आबद्ध रेका छन् ।
संस्थाले हाल ९० लाख ९५ हजारभन्दा बढी रीण लगानी गरेको छ । सिमराको होटल ईनमा संम्पन्न कार्यक्रममा संस्थाले २ जना सेयर सदस्य पुनम महतो, निर्मला पराजुलीसहित संचारकर्मी सारदा पोखरेललाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा कृषी सहकारििकी अध्यक्ष कमला कुमारी रीमाल, सहकारीका जील्ला अध्यक्ष मिश्रीलाल सहनी, नेकपाका बारा जील्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनील, सीता गुरुङ्ग, समाजसेवि निरु रायमाझी, जीतपुर सिमरा सार्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेल लगाएतको उपस्थीती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस