आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरसिमरा नगर कार्यपालीका कार्यालय अगाडि थुपारियो फोहोर, डम्पिङ्गसाईडको टुंगो लागे आजै फोहोर उठाउछुः ठेकेदार कम्पनी

सुप्रिया ढकाल २०७८ भाद्र १५, मंगलबार ( ३ साल अघि) ४७७ पाठक संख्या

बारा । महिनौदेखी जितपुुरसिमरा उपमहानगरले फोहोर ब्यवस्थापन गर्न नसक्दा चोक चौतारा देखी सडकका किनारा फोहोरका डुंगुरले सजिएको छ । झण्डै २ महिनादेखी उपमहानगरका कुनै पनि क्षेत्रबाट फोहोर उठ्न नसक्दा सुन्दर जितपुर–सिमरा फोहोरमय एवं दुर्गन्धित बनिरहेको छ । यद्धपी उपमहानगरका यस्ता शहरी क्षेत्रमा फोहोर थुप्रिरहदा समेत कानमा तेल हालेर आफन्त पोस्दै बसेका जनप्रतिनिधिप्रती आक्रोशित सिमराका युवाहरुले फोहोरको थुप्रो उपहार स्वरुप उपमहानगरको गेटमा थुपारीदिएका छन् ।

सिमरा एयसपोर्ट गेटदेखी सिमरा मुख्य चोकसम्मका फोहोरहरु ट्रयाक्टरमा जम्मा गरेर अजित खतिवडा र किशन ढकालको अगुवाईमा युवाहरुले जितपुरस्थित नगर कार्यपालीकाको कार्यालयको गेटमा थुपारेका हुन् । बारम्बार मेयर, उप–मेयर र कार्यकारी अधिकृतको ध्यानाकषर्ण गराईरहदा समेत बेवास्ता गरेको भन्दै सांकेतिक दबाब स्वरुप उपमहानगरको गेटमा फोहोर थुपारेको अगुवा खतिवडाले जानकारी दिनुभयो । समयमै फोहोर नउठ्दा सिमरा क्षेत्रमा दुर्गन्ध बढ्दै गएको छ । राजश्व संकलनका लागी बारमबार ताकेता गर्ने नगरले फोहोर उठाउन भने नचाहेको भन्दै युवाहरुले अझैपनि आफुहरुको आक्रोशलाई बेवास्ता गरे भोलीका दिनमा थप आन्दोलनका कार्यक्रम लिएर जाने बताएका छन् ।

जितपुरसिमराको २४ मध्य वडा नम्बर १ र २ मा नै सबैभन्दा बढि फोहोर संकलन तथा ब्यवस्थापन समस्या देखीएको छ । आफ्नै नातेदारलाई फोहोर संकलन गर्ने जिम्मा दिएर पन्छिन खोज्नुुभएका नगर प्रमुख डा. कृष्ण पौडेलको चौतर्फि आलोचना भैरहेका छन् । तर उपमहानगरका प्रतिनिधि फोहोर ब्यवस्थापनको बिषयमा निश्कर्षमा पुग्न नसक्दा फोहोर उठ्न पनि नसकेको फोहोर ब्यवस्थानको ठेकेदार कम्पनी ग्रिन एण्ड क्लिन सिटि सर्भिस प्राली हेटौडाका नवराज खतिवडाले बताउनुभयो ।

 

उपमहानगरपालीकाले नै फोहोर संकलन गरेर जम्मा गर्ने स्थान निर्धारित गरे तुरुन्दै दोब्बर जनशक्ति लगाएर भएपनि फोहोर उठाउन आफु तयार रहेको उहाको भनाई छ । ५ बर्षको ठेक्का सकारेर झण्डै डेढ बर्षदेखी जितपुरसिमराको फोहोर संकलन गर्दै आएको यस कम्पनीले डम्पिङ्ग साईड नभएको भन्दै २ महिनादेखी अधिकांश क्षेत्रबाट फोहोर उठाएको छैन । डेढ बर्षको अन्तरालमा समेत उपमहानगरले निश्चित फोहोर ब्यवस्थापनको स्थान टुंगो लगाउन नसक्दा फोहोर बोक्ने गाडि एक ठाउँबाट अर्को ठाउँ भौतारीरहनु परेको खतिवडाको गुनासो छ ।

 

“अन्य स्थानिय तहहरुमा स्थानिय सरकारले नै बन क्षेत्र, खोला किनार, खुला ऐलानी जग्गा अथवा जग्गा भाडामा लिएर भएपनि डम्पिङ्ग साईड ब्यवस्था गरेको हुन्छ, तर यहाँ स्थानियको बिरोधका कारण कहिले कहाँ त कहिले कहाँ फोहोर फाल्ने ठाउँ खोज्दै हिड्नु परेको छ ।” खतिवडा भन्नुहुन्छ । यद्धपी सडकहरु सफा गर्ने र अति आवश्यक क्षेत्रको सरसफाई गरी बोरामा फोहोर थुपारेर राख्ने काम दैनिक भैरहेको खतिवडाको दाबी छ । वडा नम्बर ७, १५ लगाएत केहि वडाका प्रतिनिधिले फोहोर थुपार्ने ठाउको ब्यवस्था गरेकाले ति वडाहरुमा फोहोर संकलनको काम पनि भैरहेको उहाले बताउनुभयो ।

 

जितपुरसिमरामा फोहोर ब्यवस्थापन समितिको अध्यक्ष रहिसक्नु भएका वडा नम्बर ४ का वडाध्यक्ष ईश्वर खत्रीले फोहोर ब्यवस्थापनका लागी प्र्रसस्त ठाउँ भएपनि स्थानिय र जनप्रतिनिधि बिच उचित समन्वयको अभाव रहेकाले ठाउँ नपाईएको बताउनुभयो । फोहोरलाई मोहोर बनाउने योजना लागु गर्न सके फोहोर ब्यवस्थापन अझ सहज हुने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस