आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटकिय क्षेत्रको ३ दिने भ्रमण सकेर पोखरा फर्कियो ‘जम्बो टोलि’

एपी खबर २०७८ भाद्र १८, शुक्रबार ( ३ साल अघि) ६३० पाठक संख्या

बारा । बाराको आन्तरिक पर्यटन पुर्नउत्थानका लागि बिशेष योजना ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बाराको सिमरामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बिशेष प्याकेजका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

 

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले आन्तरिक पर्यटन पुर्नउत्थानका स्थानीयले सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री शर्माले बिशेष गुरु योजना बनाएर स्थानीय सरकार अघि बढ्न आवश्यक रहेको भन्दै उहाले सबैको चासो र चिन्ता हुनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले सिमरा–पोखरा हवाई उडानलाई निरन्तर्ता दिन प्रदेश सरकारले कुनै कसर बाकी नराख्ने बताउनुभयो । उहाले पर्यटकको आकर्षण बढाउँन सिमरा पोखरा हवाई उडानबारे भाडाका सम्बन्धमा पूर्ण बिचार गर्ने कुरा भएको बताएका हुन् । प्रदेश सरकारले सिमरा–पोखरा उडानलाई निरन्तर्ता दिन आवश्यक पहल गरिराखेको भन्दै उहाले यसमा प्रदेश २ सरकारले पनि बिशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाले सिमरा–पोखरा हवाई उडानले दुई प्रदेशको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै नाटाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाईले सिमरा–पोखरा हवाई उडानले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्ने बताउनुभयो । हवाई उडानसंगै दुवै प्रदेशमा व्यापक प्रचार हुनुपर्ने भन्दै उहाले यसको तयारीमा प्रदेश सरकार लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्राईले सिमरा–पोखरा हवाई उडानले पर्यटकको आवागमन थप बढ्ने बताउनुभयो । बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले पर्यटन प्रवद्र्धन गर्न दुवै प्रदेश सरकारले बिशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा नाटा गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष हरिराम अधिकारी, बरिष्ठ होटल व्यवसायी ईच्छा बहादुर वाग्ले लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नाटा प्रदेश नम्बर २ का अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रकाश लम्सालले गर्नुभएको थियो ।

यसैबिच, आन्तरीक पर्यटन प्रवद्र्धन पुर्नउत्थानको निम्ति बारा आएको टोलि आज पोखरा फर्किएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री मणिभद्र शर्माको नेतृत्वमा बारा आएको टोलि ३ दिन बसेर पोखरा फकिएको हो । टोलिले बारा र पर्साको पर्यटकीय, धार्मिक एवं औद्योगिक क्षेत्रको भ्रमण गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जबाट भ्रमण थालेको टोलिले बिश्वप्रशिद्ध महागढिमाई मन्दिर, पर्साको घडिहर्वा पोखरी, ड्राईपोर्ट, गहवामाई मन्दिर र सिमरा सेज भ्रमण गरेको थियो ।

 

सो क्रममा टोलिलाई विरगञ्ज उद्योग वाणिज्य संघले स्वागत समेत गरेको थियो । ३ दिन बारा र पर्सा भ्रमण गरेर पोखरा फर्किएको टोलिले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पोखरा भ्रमणको लागि विशेष निमन्त्रणा पत्र पठाएका छन् । आयोजित पत्रकार सम्मेलन कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आँफू जनकपुर जान नभ्याएकाले नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछानेमार्फत मुख्यमन्त्री समक्ष निम्तो पत्र पुर्याउन आग्रह गर्दे पत्र हस्तान्तरण गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस