आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जीतपुरमा आयोजना हुन लागेको श्री गणेश चतुर्थी पूजाको सम्पूर्ण तैयारी पुरा

एपी खबर २०७८ भाद्र २३, बुधबार ( ३ साल अघि) ४०२ पाठक संख्या

बाराको जीतपुरमा आयोजना हुन लागेको श्री गणेश चतुर्थी पूजाको सम्पूर्ण तैयारी पुरा भएको छ । श्री सिद्धी विनायक पूजा समिति, जीतपुर बाराको आयोजनामा शुक्रवारबाट ५ दिनका लागि भव्य पूजाको आयोजना हुन लागेको हो ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ७ स्थित गौशालाको फिल्डमा आयोजना हुन लागेको भव्य पूजाको पहिलो दिन शुक्रवार शोभायात्रा निकालेर महोत्सवको शुभारम्भ गरिने पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकरी दिएको छ ।

 

कोरोना माहामारीलाई मध्य नजर गर्दै बिगतमा आयोजना हुँदै आएको महोत्सव, मेला, खेल तमाशा, रोटे पिंङ्ग नाराख्ने र श्री गणेश चतुर्थीको परम्परागत विधिवत पूजा आजा गरिने पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष श्रीराम साह कानुले बताएका छन् ।

 

धार्मिक आस्था रहे अनुसार श्री गणेश भगवानलाई चढाईंदै आएको लड्डु ९महाप्रशाद० को आकारमा भने बृद्धि गरिएको आयोजकका अध्यक्ष साहले जानकारी दिए । बिगतको महोत्सवमा बनाईंदै आएको २ सय ५१ किलोको एउटै लड्डुको आकारलाई बृद्धि गर्दै यस वर्षको पूजामा श्री गणेश भगवानलाई चढाउनका लागि २ सय ६५ किलोको एउटै लड्डु बनाउँन लागिएको उनले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

 

श्री गणेश भगवानको संध्या पूजा पश्चात प्रत्येक दिन ५० किलो लड्डु दर्शनार्थीहरूलाई बितरण गराने र प्रत्येक दिनको संध्यामा भजन किर्तन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस