आज:  २०८१ कार्तिक ३०, शुक्रबार | Fri, 15, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा कार्यालय बजनीको आयोजनामा नि:शुल्क आँखा ,दाँत शिविर सम्पन्न

एपी खबर २०८० आश्विन १०, बुधबार ( १ साल अघि) १०८ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत असोज महिनाको पहिलो शिविरमा निःशुल्क आँखा शिविर र दाँत शिविर बुधवार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को कार्यालय बजनीको आयोजना र सामुदायिक आँखा अस्पताल बिरगंजको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा शिविर र दाँत शिविर सम्पन्न भएको छ ।शिविरको वडा न ३ का वडाध्यक्ष तारा बहादुर कार्कीले उद्घाटन गरेका थिए । उनले वडाको जनतालाई स्वस्थ राख्नको लागि प्रत्येक महिनामा २ पटक निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको बताए । आँखामा मोतियाबिन्दु भएको बिरामीलाई वडाले अपरेसन गराएअको बापत ५० प्रतिशत रकम उपलब्ध गराउने समेत वडा अध्यक्ष कार्कीले बताए । वडा भित्र रहेका बृद्ध वृद्धा,गरिब,असहाय परिवारले रोगको जाँच गराउने बाट बन्चित हुदै आएको बेला वडाले स्वास्थ्य शिविरको आयोजना गरे पछि अब बिरगंज ,कलैया,काठमाडौँ जाने बाट छुटकारा भएको स्थानीयहरुले बताएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीले बिगत केहि दिन देखि आफ्नो वडा बासीको लागि बिभिन्न किसिमको प्याकेज ल्याएर वडा बासीलाई हर्षित गर्दै आईरहेको छ ।उक्त शिविरमा वडा सदस्य चिमबहादुर पाख्रिन,वडा सदस्य अनिता देबी खत्री,वडा सदस्य माया बिक,वडा सदस्य देवनारायण चौधरी,समाजसेवी पशुराम पोखरेल लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस