बारा : जनताको चाहना अनुसार तथा नगरपालिकाको चौतर्फी बिकासमा नगरपालिकाले काम गरीरहेको पचरौता नगरपालिकाको नगरप्रमुख जलन्धर सिंह जयस्वारले बताएका छन् । नगरप्रमुख सिंह जयस्वारले बिहिबार पचरौता नगरपालिका वडा नं १ पिपरपातीमा नेकपा एमाले पार्टीको पार्टी प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रममा यस्तो बताएका छन्। साथै नगरप्रमुख सिंहले बिगतको जसपाको पाँच बर्षको कार्यकालमा नगरपालिकामा हुन नसकेको बिकास आाफुहरु १६ महिनाको कार्यकालमा गरेको दाबि समेत गरेका छन्।
नगरप्रमुख सिँहले आफुले चुनावी प्रतिबद्धता गरेको घोषणा पत्र सबैको घरमा भएकोले त्यसमा भएको अधिकांश काम भईरहेको तथा बाँकि कामहरु प्रकियामा रहेकोले घोषणा पत्र हेरेर टिक लगाउन सबैसँग आग्रह गरेका छन्। साथै नगरपालिका बासिलाई कुनै पनि समस्या भए आफुसँग निर्धक्क भएर गुनासो गर्न आग्रह समेत गरेका छन्। गुनासोहरु आएमा आफुलाई काम गर्न अभिप्रेरित गर्नेगरेको बताएका छन्।
उक्त कार्यक्रममा पचरौता नगरपालिकाको बिभिन्न वडाहरुबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालि कांग्रेस र जनता समाजवादी पार्टी परित्याग गरी हजारौंको सँख्यामा नेता कार्यकर्ता तथा जनताहरु नेकपा एमालेमा पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेमा लोकतांत्रिक समाजवादी पार्टी पचरौता नगर कमिटी नै नेकपा एमाले पार्टीमा बिलय भएको दाबी समेत गरीएको छ।साथै पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमाले पार्टीको केन्द्रिय उपाध्यक्ष एवम् पुर्ब उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलले नेकपा एमाले पार्टीको उदेश्य र जनताको पार्टी भएको बिषयमा प्रशिक्षण दिएका थिए। भने नेकपा एमाले पार्टीको पोलिटब्युरो सदस्य एवम् बारा निर्वाचन नम्बर २ को उपनिर्वाचनको उम्मेदवार पुरुषोत्तम पौडेल , नेकपा एमालेका पार्टीको पोलिटब्युरो सदस्य , पुर्व कृषि मन्त्री एवम् बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह लगायतले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए । भने कार्यक्रमको सँचालन पचरौता नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष लक्ष्मि साहले गरेका थिए।
प्रतिक्रिया दिनुहोस