बारा : प्रहरीले पर्सा बाट ६५ लाखभन्दा बढीको सामान बोकेको दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चौक स्थित सडकखण्डमा प्रहरीको टोलीले चेकजाँच गरेको थियो। प्रहरीले चेंक जाँचको क्रममा वीरगञ्ज बाट झापा तर्फ ना.१ ख ३२०१ नम्बर ट्रकमा लोड गरिएको हार्डवेयर,औषधी तथा खुद्रा सामान बिल बिजकभन्दा बढी देखिएको प्रहरीले जनाएको छ। उक्त ट्रकमा ४४ लाख ४३ हजार ३ सय बराबरको सामना लोड रहेको प्रहरीले जानकारी दिएको छ।
यस्तै वीरगञ्ज बाट नुवाकोटतर्फ जाँदै गरेको ना ४ ख ११२७ नम्बरको ट्रकमा पनि बलि बिजक भन्दा बढी सामान लोड भएको पाइएको थियो ।सो ट्रकमा २० लाख ६५ हजार ९ सय ८० बराबरको बराबरको सामान लोड रहेको थियो। दुबै ट्रकलाई सामानसहित नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। दुबै ट्रकमा कुल ६५ लाख ९२ हजार २ सय रुपैया बराबरको सामान लोड रहेको तथा पक्राउ गरिएको दुवै ट्रकलाई आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाईएको थापाले बताए।
प्रतिक्रिया दिनुहोस