आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पदीय मर्यादा र कानुन विपरीत लेटर पैडको प्रयोग: उपाध्यक्षले बोलाएको बैठक अध्यक्षले गरे बहिष्कार

AuthorAP Khabar २०८० आश्विन २९, सोमबार ( १ साल अघि) १०२ पाठक संख्या

राधेश्याम कुशवाहा, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको उपाध्यक्ष गिता देवी महतोले पदीय मर्यादा र कानुन विपरीत लेटर पैडको प्रयोग गरि कार्यपालिका सदस्य सहित जनप्रतिनिधिहरुको बैठक बोलाएको भन्दै अध्यक्षले बहिष्कार गरेको छ ।गाउँपालिका उपाध्यक्ष गिता देवी महतोले शुभकामना अदानप्रदान एवम गाउँपालिकाको वर्तमान अवस्था बारे छलफल कार्यक्रम आडमा पदिय मर्यादा विपरीत गाउँपालिका स्तरीय कार्यक्रमको चिट्ठी काटेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार महतोले आपत्ति जनाएको हो ।

 

विधालयमा प्रधानाध्यापक र वडाकार्यलयमा वडाअध्यक्षको उपस्थिततिमा शिक्षक अथवा वडासदस्यले चिट्ठी काटन मिल्दैन महतोले भने । त्यसरी नै गाउँपालिका स्तरीय कार्यक्रम बैठकको उपाध्यक्षलाई कार्यक्रम बैठकको चिट्ठी काटने अधिकार कानुन सम्बत छैन । उहाँलाई न्यायिक समितिको चिट्ठी काटने अधिकार मात्र भएको भन्दै पदिय मर्यादाको ख्याल नै नगरी उपाध्यक्षले गाउँपालिका स्तरीय बैठक बोलाएकोमा महतोले कडा रुपमा निन्दा गरे । गाउँपालिका अध्यक्षले पत्राचार गरी बोलाएको बैठकमा उपस्थित नभई नेकपा माओवादी बाट निर्वाचित उपाध्यक्ष गिता देवी महतोले गाउँपालिका अध्यक्ष सित कुनै छलफल नै नगरी एकांकी रुपमा पदीय मर्यादा विपरित गाउँपालिकाको लेटर पैडको प्रयोग गरि २९ असोजको कार्यक्रम गर्न लागिएको महतोको आरोप छ ।

 

आफ्नो पदीय गरिमा नाघि आयोजित कार्यक्रम कानुन सम्वत नरहेको र गलत नजिर बस्ने भएकोले उक्त कार्यक्रममा म गाँउपालिका अध्यक्षको उपस्थित नहुने सम्पूर्ण आदरणीय जनसमुदायलाई जानकारी गराउन चाहन्छु भनी उहाँले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चन्द्रनगर गाउँपालिकाको चौतर्फी विकास गर्न गाउँ सभाको माइन्यूटमा गाउँपालिका अध्यक्ष तथा वडा नं. १ र २ का वडा अध्यक्ष र सदस्यहरुले हस्ताक्षर गरी गाउँ सभाको प्रक्रिया समेत अगाडी बढाएको र गाउँ सभामा उपस्थित नभएका जनप्रतिनिधिहरुले गाउँ सभा सित सम्बन्धित मागहरु ल्याए कानून सम्बत सम्बोधन गर्न सक्ने मागहरु भए गाउँपालिका अध्यक्ष तयार रहेको जानकारी गराउदै जनताले दिएको मतको कदर गर्दै विकास निर्माणका कार्यहरु, समयमै राष्ट्रसेवक कर्मचारी, शिक्षकहरुको तलब सेवा सुविधा पाउने बातावरण निर्माण गरि दिनुहुन सबैमा उहाँले अनुरोध समेत गरे ।

 

नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को मुलमर्मलाई आत्मसाथ गरी कानुनको परिधि भित्र बसी दिगो विकासको अवधारणा अनुुरुप छोरीहरुको उच्च शिक्षामा पहुँच वृद्धि र बालविवाहको अन्त्य गर्न सम्मान स्वरुप नगद अनुदान, कृषि सिचाई, निःशुल्क अटो सेवा, स्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा सुधार, लोक सँस्कृतिको प्रवर्दन र संरक्षण लगायतको कार्य भैरहेको छ ।चन्द्रनगर गाँउपालिकाको ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल नाढीमन तालको संरक्षण र मौलिक पुननिर्माण, विगत ५ बर्षमा निर्माण गर्न नसकेको गाउँपालिकाको भवन निर्माण, उधोग ग्राम निर्माण, शुद्ध खानेपानीको लागि डिप चापाकल जस्ता कार्यहरु र राष्ट्रसेवक कर्मचारी, शिक्षकको तलब सेवा सुविधा तथा विभिन्न विकास निर्माण कार्य हुन नदिनको लागि विभिन्न तत्वहरु संचालित भई गाउँ सभा हुने वातावरण निर्माण हुन नदिएको महतोको भनाई छ ।गाउँ सभा समयमै गर्न नियमपुर्वक पटक पटक सम्पूूर्ण जनप्रतिनिधिलाई बोलाउँदा पनि गाउँपालिका अध्यक्ष, वडा नंं. १ र २ का वडा अध्यक्ष सहित ९ जना बाहेक अरु जनप्रतिनिधिहरु बैठकमा नआएको र झन उल्टै विभिन्न तत्वहरु गाउँपालिका अध्यक्षको पिठ पछाडी विभिन्न नानाथरीका कुरा गरी भ्रम फैलाउन गरेको प्रचारबाजीलाई सम्बोधन गर्न र गाउँ सभा हुने वातावरण निर्माण गर्न यस चन्द्रनगर गाउँपालिकाको राजनैतिक दलको प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, युवा, राष्ट्रसेवक कर्मचारी, शिक्षक र जनप्रतिनिधिलाई पत्राचार गरी सर्वपक्षीय सभाको आयोजना आसोज २६ गते वडा नं. २ स्थित रहेको परती बजारमा गरीएको थियो तर त्यहाँ पनि जनप्रतिनिधि र गाउँसभा हुन नदिन विभिन्न षडयन्त्र गर्ने र गलत प्रचारबाजी गर्ने केही तत्वहरुको समेत उपस्थित नभएको अध्यक्ष महतोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस