बारा । बारामा रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । ढलेपछि पनि उनलाई थप गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका उनको अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेको थियो ।
कलैया उपमहानगरपालिका–६ निवासी रुपेश स्वर्णकारको हत्या अवैध सम्बन्धका कारणले भएको खुलेको छ। पक्राउ परेकी युवतीसँगको अवैध प्रेम सम्बन्धका कारण उनको हत्या भएको आफूहरुको प्रारम्भिक अनुमान रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। मंगलबार सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रजिअ सापकोटाले रुपेशको व्यक्तिगत आचरणकै कारण युवतीसँगको सम्बन्धका कारण हत्या भएको देखिएको बताएका हुन्। ‘रुपेश स्वर्णकारको एउटा केटीसितको अवैध सम्बन्धका कारण त्यो केटी र केटीको आफन्तले हत्या गरेको हामीले अनुमान गरेका छौँ,’ उनले भने,’आफनो व्यक्तिगत व्यवहार आचरणका कारण सिर्जित समस्याका कारणले गर्दा यो दुःखद् घटना घटेको छ।’
प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रुपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपलसमेत रहेको खुलेको छ । उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।प्रमुख जिल्ला अधिकारि नवराज सापकोटाले घटनाको विभिन्न कोणबाट अनुुसन्धान हुँदा महिला नै हत्याको मुख्य योजनाकार भएको पाइएको बताए ।के कारणले हत्याको योजना बनाइएको हो भन्ने बारेमा पनि प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । अनुसार यसअघि साउनमा पनि बारामै उनीमाथि गोली प्रहारको योजना बनेको थियो ।त्यसबेला सो समूहबाट सर्राफ भाग्न सफल भएको अहिले अनुसन्धानका क्रममा पाइएको सापकोटाले बताए ।
बारामा २६ दिन न बित्दै गोलि प्रहार गरेर ३ जना व्यक्तिको हत्या गरिएको छ ।पचरौता नगरपालिका केहि दिन पहिला एक जना भारतीय नागरिक र एक जना प्रहरी जवानको गोलि हानि हत्या गरिएको थियो प्रहरीले अहिले सम्म गोलि हानि हत्या गरिएको केशमा एउटै कमनपोईन्ट अनैतिक सम्बन्ध रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस