बारा : बाराको जीतपुरसिमराको मुख्य चौकमा सडक दुर्घटना न्यूनीकरणको लागि डिभाईडर राखिने कार्य अगाडी बढेको छ बुधवार ट्राफिक पोस्ट सिमराका इन्चार्ज संजय सिंहको अगुवाईमा दुर्घटना न्यूनीकरणको लागि सिमराको मुख्य चौकमा डिभाईडर राखिएको छ ।डिभाईडर न राखिएको कारण सिमरामा शनिवार राति बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएको थियो त्यस्तै खालको दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरी पोस्ट सिमराले सडकमा डिभाईडर राखेको इन्चार्ज सिंहले बताए। सडकमा जथाभावी पार्किङ्ग ,जथाभावी सडक कर्सिङ्ग गर्ने बेला बढी दुर्घटना हुने जोखिम रहेकोले डिभाईडर ले त्यस्ता दुर्घटनालाई रोक्ने भएकोले सिमराको चौकमा डिभाईडर राखिएको छ ।
प्रतिक्रिया दिनुहोस