बारा: बारामा आगोले जलेर घाईते भएकी एक जेष्ठ नागरिक ( महिलाको ) मृत्यु भएको छ ।जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ उचिडीका ८९ बर्षिय दुर्गा देवी दाहालको उपचारका क्रममा विहिबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्तिक ७ गते विजया दशमीका दिन विहान घरमै पूजा गर्ने क्रममा दियोको आगो सारीमा सल्कीएपछि जलेर दाहाल गम्भीर घाईते हुनु भएको थियो । घाईते भएको दाहाललाई तत्काल उद्दार गरी नेशनल मेडिकल कलेज बिरगंज उपचारका लागि लगेका थिए । तर त्यहाँ उपचार संभव नदेखिएपछी सोही दिन काठमाण्डौं लगिएको थियो । जलेर घाईते भएकी उँहाको आज विहान साँढे ३ बजे किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस