आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरको वडा न ३ ले फलफूलको बिरुवा बितरण गर्दै

अखिलेश कुमार यादव २०८० कार्तिक १६, बिहिबार ( १ साल अघि) १६१ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को कार्यालय बजनीले नि:शुल्क रुपमा आफ्नो वडा बासीलाई फलफूलको बिरुवा बितरण गर्दै छ । वडा न ३ लाई फलफूलमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत वडाले नि:शुल्क रुपमा वडा बासीले मांगे बमोजिम फलफूलको बिरुवा शनिवार वितरण गरिने भएको छ ।

 

वडा न ३ लाई आत्मनिर्भर बनाउने उदेश्यका साथ हरेक घर फलफूलको बिरुवा नाराका साथ वडामा बासोबास गर्ने आफ्नो जग्गा भएका ,करेशाबारी युक्त कृषकहरुलाई आँप ,लिची,कटहर जातका फलफूलका बिरुवा वडाले दोहरो चरणमा वितरण गर्न लागेको वडा अध्यक्ष तारा बहादुर कार्कीले जानकारी दिनु भयो ।त्यस्तै वडा न ३ को कार्यालय बजनिले फलफूलको बिरुवा हुर्काएको बापत आर्थिक बर्ष ०८२/०८३ मा प्रति बिरुवा हुर्काए बापत १ हजार रुपैयाँ अनुदान समेत उपलब्ध गराउने वडा अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस