बारा : बिगत एक महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन रहेको बाराको करैयामाई गाउँपालिकामा सोमबार प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत अनुश आचार्य सोमबार हाजिर भएका छन् ।प्रमुख प्रशासकीय अधिकृत अनुश आचार्यलाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव र उपाध्यक्ष सुनैना देवी चौधरीले स्वागत गरेका छन्।करैयामाई गाउँपालिकालई जिल्लाको नमुना गाउँपालिका बनाउने काममा आफूले नवनिर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत अनुश आचार्यले गरेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अनुश आचार्य कार्यभार सम्हालि सकेका छन्।
प्रतिक्रिया दिनुहोस