बारा–बाराको निजगढ नगरपालिकाले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट प्रभावित नागरिकहरुलाई राहत तथा औषधि उपचारका लागि ५ लाख सहयोग गर्ने सहयोग गर्ने निर्णय गरेको छ ।
निजगढ नगर कार्यपालिकाको निर्णय अनुसार निजगढ नगरपालिकाको आ.ब. २०८०÷२०८१ को स्वीकृत बार्षिक योजना तथा कार्यक्रममा रहेको विपद व्यवस्थापन शीर्षकमा विनियोजित रकमबाट पाँच लाख सहयोग रकम उपलब्ध गराउने नगरप्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।
जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युटको भुकम्पमा परी नलगाढ नगरपालिका, जाजरकोटका उपप्रमुख सरिता सिंह सहित ज्यान गुमाउनेहरु प्रति निजगढ नगरपालिकाले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।निजगढ नगरपालिकाले निकालेको बक्तव्यमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उक्त भुकम्पमा परी घाईते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
नगरपालिकाले भुकम्पबाट प्रभावित नागरिकहरुलाई तत्काल राहतको व्यवस्थापन तथा घाईतेहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउनका लागि नेपाल सरकार समक्ष माग बक्तव्य मार्फत माग गरेको छ ।अहिले सम्म बारा जिल्लाको १६ वटै पालिका मध्य निजगढ नगरपालिकाले मात्र भुकम्प बाट प्रभावित भएका नागरिकहरुलाई राहत स्वरूप सहयोग गरेको छ।बारा जिल्लाको अन्य पालिकाले पनि निजगढ नगरपालिका जस्तै भुकम्प बाट पिडित भएकाहरुलाई सहयओग गर्ने हो भने पिडितहरुलाई पक्कै केही राहत महसुसु हुने छ।
प्रतिक्रिया दिनुहोस