वीरगन्ज : जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष स्वर्गीय सन्तोष यादवको १३ औ दिनको पुण्य तिथीमा सोमबार श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । जनता समाजवादी पार्टी गाँउपालिका कमिटिले स्वर्गीय यादवको १३ औ दिनको पुण्य तिथीमा परवानीपुर बजारमा श्रद्धान्जली सभाको आयोजना गरेको हो ।
जनता समाजवादी पार्टीका कार्यकारीणी समितिका सदस्य राजकिशोर यादवको प्रमुख अतिथ्यतामा भएको श्रद्धान्जली सभामा विभिन्न पार्टीका नेताहरु सहभागी थिए । श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले स्वर्गीय यादवको अल्पआयुमा भएको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताए । यादवले स्वर्गीय यादव आफु निकटका नेता भएकाले आफुलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेको सुनाए ।
स्वर्गीय यादव आन्दोलनको जायज मागको अगुवाई, पार्टीप्रति लगनशील, इमानदार र सहयोगी भावनाका व्यक्ति रहेको समेत उनले सुनाए ।मधेश आन्दोलनमा सक्रिय रहेका यादव राष्ट्रिय जनता पार्टी नेपाल हुँदै जनता समाजवादी पार्टी नेपालमा आबद्ध भएका थिए । श्रद्धान्जली सभामा सहभागी अधिकांश वक्ताहरुले वर्गीय यादवको फोटोमा माला अपर्ण गरेर श्रद्धान्जली गर्दै अल्पआयु मै भएको निधनले बारा क्षेत्र नम्बर ४ मा अपुरणीय क्षति भएको बताएका थिए ।
उनीहरुले स्वर्गीय यादवका बुबा कपिलदेव यादव सहितका परिवारलाई भेटेर आवश्यकता अनुसार पार्टीले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । श्रद्धान्जली सभामा प्रदेश सभा सदस्य बच्चा राउत अहिर , स.बिधान सभा सदस्य जयप्रकाश यादव , नेकपा एमालेका नेता रामपाल यादव , नेपाली कांग्रेसका नेता विजय गुप्ता , जनता समाजवादी पार्टीका नेता रामचन्द्र सिंह , जसपाका युवा नेता सन्जु साह , भरत खड्का , परवानीपुर गाँपालिकाका पुर्व अध्यक्ष हरिनारायण साह , वडा नम्बर ३ का वडा अध्यक्ष ईब्राहिम मियाँ सहितका राजनितिक दलका नेता , समाजसेवी , स्थानीबासी सहितका व्यतिmत्वहरु सहभागी थिए । स्वर्गीय यादवको लिभरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनको गत कातिक ८ गते वीर अस्पतालमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस