बारा : जीतपुरसिमरा १८ बडहर्वामा रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा फेरि चोरी भएको छ। असोज २८गते राति चोरी भएको संस्थामा गएराति फेरि चोरी भएको हो । संस्थाका अध्यक्ष नारायण प्रसाद घिमिरेको अनुसार संस्था बाट गएराति १३ हजार ३ सय २० रुपैयाँ नगद चोरी भएको छ ।
चोर समुहले कार्यालयको मुख्य ढोकामा लागाएको ताला, कार्यालय प्रमुखको कोठाको ताला फोडी भित्रपसि तहाँ रहेका दराज तथा टेबुलका घर्रा फुटाई तहाँ रहेको १३ हजार ३२० रुपैंया चोरी लगेको अध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।असोज २८ गते राति उक्त संस्था बाट चोरले नगद रु ३ लाख १७ हजार १९२ रुपैंया चोरी लगेका थिए । उक्त घटना भएको २४ दिनपछी अर्को चोरीको घटना हुनुले प्रहरीको सुरक्षा माथि प्रश्न उठेको छ ।पटक पटक चोरी हुन थालेपछि सुरक्षामा चुनौती थपिएको स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस