सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले एक कार्यक्रमको बीच आफ्नो वडा भित्र रहेका किसानलाई घाँसको बिउँ वितरण गरेको छ ।वडा स्तरीय योजना बाट आर्थिक बर्ष २०८०/८१ मा वडा न ३ को कार्यालय बजनीले किसानामुखी कार्यक्रम अन्तर्गत किसानलाई धानको बिउँ,गहुँको बिउँ र तरकारीको बिउँ उपलब्ध गराएको हो भने आज घाँसको बिउँ समेत उपलब्ध गराएर वडा अध्यक्ष कार्की प्रशंसा योग्य बनेको हो ।
देशमा आर्थिक मन्दी छाएको बेला आफुले वडा स्तरीय योजनामा नै किसानहरुको लागि बिभिन्न प्याकेज अन्तर्गत बजेट बिनियोजन गरेर किसानमुखि कार्यक्रम संचालनमा ल्याएको वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनुभयो ।समयमा नै वडा न ३ को किसानहरुले धान,गहुँ, तरकारी घाँसको बिउँ पाए पछि निकै नै हर्षित भएको देखिएको छ ।
गाई ,भैसी,बाख्रा पाल्न तर्फ पनि वडा न ३ अगाडी बढ्दै जाने उदेश्यले घाँसको बिउ वितरण गरेको वडा सदस्य चिम बहादुर पाख्रिनले बाताउनु भएको छ । जीतपुरसिमरा उपमहानगर भित्र सबै भन्दा पहिला वडा न ३ ले किसानामुखी कार्यक्रम अन्तर्गत आफ्नो वडाको किसानलाई समयमै नै सिजन अनुसार आवश्यक पर्ने बिउँ उपलब्ध गराउदै आएकोले अहिले उपमहानगरमै वडा अध्यक्ष कार्कीको प्रशंसा भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस