जनकपुरधाम- पोखरामा सम्पन्न केपी ओली कप टी–२० को उपाधि जितेको मधेश प्रदेश क्रिकेट टिमका खेलाडी एवं पदाधिकारीहरूलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका छन्।बुधबार मधेस भवनमा खेलाडीहरूलाई सम्मान गर्दै आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताए।
उनले प्रदेशका खेलाडीहरूलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने जानकारी दिए। मुख्यमन्त्री यादवले सो अवसरमा मधेस प्रदेश टिमलाई पाँच लाख प्रोत्साहनस्वरूप प्रदान गरिने घोषणासमेत गरे। मंसिर १५ गते पोखरामा भएको फाइनल म्याचमा मधेसले राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस