वीरगञ्जज : प्रहरीले पर्सा बाट एकतिस लाख सड्सठ्ठी हजार चार सय चौवीस भन्दा बढीको सामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ। पर्साको बिरगंज महानगरपालिका २१ परवानीपुर चौक स्थित प्रहरीको टोलीले चेकजाँच गरेको थियो।
जाँचको क्रममा वीरगञ्जजबाट काठमाडौँ तर्फ जादै गरेको ना ४ ख ७९१७ नम्बरको ट्रकमा लोड गरिएको सामान बिल बिजकभन्दा बढी देखिएको प्रहरीले जनाएको छ। उक्त ट्रकमा एकतिस लाख सड्सठ्ठी हजार चार सय चौवीस रुपैयाँ बराबरको समान लोड रहेको प्रहरीले जानकारी दिएको छ।ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस